Aadarsh-Daily

म मन्त्री बन्दिनँ : गगन थापा

ad-4p

काठमाडौँ,२८फागुनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् ।

content ad p2
content left

काठमाडौंमा आईतबार आर्थिक पत्रकार समाज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न नमिल्ने उल्लेख गरे । उनले सरकारलाई सफल बनाउन लाग्ने बताए । सरकार कति दिन टिक्यो भन्दा पनि के परिणाम निस्कियो त्यसको आधारमा सफलता मापन हुने पनि बताए ।

महामन्त्री थापाले भने,‘ मैले ५ वर्षको लागि पाएको जम्मेवारी भनेको सांसदको जम्मेवारी हो । मैले यो सबै कामहरु नेपाली काँग्रेसको महामन्त्री भएर गर्ने हो । त्यो कामहरु गर्छु । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरु उठाउँछु । म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु । मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो’

महामन्त्री थापाले राजनीतिक दलहरु खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न आग्रह गरे । उनले नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लबबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहेपनि सरकारले नागरिकलाई सेवासुविधाहरु दिन सक्नुपर्ने बताए ।साभार : कान्तिपुर

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily