Aadarsh-Daily

विद्यालय भवन निर्माणको रकम भ्रष्टाचार गर्ने पर्साका प्रअलाई २ वर्ष कैद सजाय

ad-4p

विशेष अदालतले पर्साको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक सन्तोषप्रसाद गुप्तालाई दुई वर्ष कैद र जरिवाना हुने सजाय सुनाएको छ। नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा प्रअ रहेका वेला गुप्ताले विद्यालय भवन र शौचालय निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले सजाय सुनाएको हो ।

content ad p2

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा शालिग्राम कोइरालाको इजलासले आइतबार यस्तो फैसला गरेको हो। सरकारलाई हानी नोक्सानी गराई भ्रष्टाचार गरेको भन्दै ६ लाख रुपैयाँ जरिवाना तथा उति नै रकम बिगोबमोजिम असुलउपर र जरिवाना हुने सजाय सुनाइएको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए।

content left

गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ असार ०७७ मा मुद्दा दायर रहेको थियो। तर, उनी म्यादभित्र अदालतमा उपस्थित भएका थिएनन्। त्यसपछि एकतर्फी रूपमा यस्तो फैसला आएको विशेष स्रोतले बताएको छ।

आर्थिक वर्ष ०७४-७५ मा विद्यालयको भवन र शौचालय निर्माणका लागि निकासा भएको १६ लाख रुपैयाँमध्ये ६ लाख रुपैयाँ हिनामिना गरेको अभियोग अख्तियारको थियो।

उनले उक्त रकममध्ये पाँच लाख रुपैयाँ आफ्नो नाममा र बाँकी एक लाख रुपैयाँ विश्वनाथ साह कानुको नाममा भुक्तानी गरेको तथा उक्त रकमबाट विद्यालयको कुनै काम नगरेको भेटिएपछि मुद्दा दायर गरिएको अख्यिारको भनाइ छ। विशेषले अख्तियारको मागदाबीबमोजिम नै फैसला गरेको हो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily