Aadarsh-Daily

सबै मन्त्रालय तथा संवैधानिक आयोग र निकायका कर्मचारीको विवरण माग

ad-4p

काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय मन्त्रालय तथा संवैधानिक आयोग र निकायसँग कर्मचारीको विवरण माग गरेको छ ।

content ad p2

मन्त्रालयले परिपत्र जारी गरी सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायलाई तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन भनेको हो ।

content left

‘मन्त्रालय/संवैधानिक आयोगको स्वीकृत सङ्गठन संरचना बमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी विवरण तीन दिनभित्र मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन सचिवस्तरीय निर्णयअनुसार अनुरोध छ’, मन्त्रालयको परिपत्रमा भनिएको छ ।

मन्त्रालयले पद, श्रेणी, सेवा/समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवालगायतको विवरण माग गरेको हो ।

संभार  उज्यालो

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily