Aadarsh-Daily

 उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय

ad-4p
content left

काठमाण्डाै – नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । पर्सी चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । यस्तै कांग्रेसले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिएको छ ।

content ad p2

कांग्रेसले आउँदो वैशाख १० गते चितवन–२ मा हुने उपचुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ । प्रवक्ता महतले सरकारका विषयमा आजको बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछ मात्रै सरकार विस्तार हुने बताउनु भयो ।
संभार : उज्यालो खबर

 

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily