Aadarsh-Daily

सरकारमा सहभागी हुने लाेसपाकाे निर्णय

ad-4p

वीरगञ्ज, चैत ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सम्मानजनकरूपमा सरकारमा सहभागी हुने निर्णय गरेको छ।

content ad p2

बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरूसँगै सम्मानजनकरूपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।

content left

सम्मानजनकरूपमा सरकारमा सहभागीताका विषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको लोसपा नेता शरदसिंह भण्डारीले जानकारी दिए। उनले चुनावअघिको गठबन्धनलाई जनताले अनुमोदन गरेको र अहिले विभिन्न घटनाक्रमपछि पुनः पुरानै गठबन्धनको सरकार बनेकाले ५ वर्ष गठबन्धनको सरकारले जनताको अपेक्षाअनुरुप काम गर्नुपर्ने बताए।

बैठकले बैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने उनले बताए। अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि मात्रै भएकाले निर्वाचनमा भने पार्टीले आफू अनुकूलको तयारी गर्ने भण्डारीको भनाइ छ।

बैठकले पार्टीलाई नयाँ ढंगले अघि बढाउन पुर्नगठनका साथ संगठनलाई सदृढीकरणमा ध्यान दिने निर्णय गरेको भण्डारीले बताए।

 

सम्बन्धित खबर

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily