Aadarsh-Daily

बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्छ : मनिष सुमन

ad-4p

वीरगञ्ज, ८ चैत । जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले १० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्ने बताएका छन् ।

content ad p2
content left

उनले बारा २ मा गठबन्धनको साझा उम्मेदवारमा आफूहरुको हक लाग्ने बताए । ‘बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाको हुनेछ भन्ने हामीले अपेक्षा राखेका छौं । यसअघि त्यहाँबाट निर्वाचित व्यक्ति पनि जसपाकै भएकाले साझा उम्मेदवारीमा हाम्रो हक लाग्छ’, उनले भने ।

नेता सुमनले बारा २ मा पार्टीले उम्मेदवार टुंगो लगाइनसकेको बताए । ‘बारा २ को उम्मेदवार को हुने निष्कर्ष निकालेको छैन ।’
पार्टीको विधान अनुसार क्षेत्रीय समिति, जिल्ला समिति, मधेश प्रदेश समितिले उम्मेदवार टुंगो लगाएपछि हामीले टिकटमा हस्ताक्षर गर्ने मात्र हो, जसपाले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चय गरिसकेको छैन’ उनले भने ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily