Aadarsh-Daily

न्याय माग्न हिँडेरै काठमाण्डौ आएका धेरैजसो मिटरब्याज बिरामी, आज आराम गर्ने

ad-4p
content left

काठमाण्डाै – न्याय माग्न महोत्तरीको बर्दिवासबाट हिँडेरै काठमाण्डौ आएका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । ११ दिन पैदल हिँडेर आएका उनीहरु थकित भएका छन् । धेरैजसो चिसोका कारण बिरामी परेका छन् ।

content ad p2

धेरैजसोको घाँटी दुखेको छ भने हातखुट्टा र अनुहार सुन्निएको छ । हिजो मिटरब्याजीविरुद्ध धर्ना र प्रदर्शन गरे पनि धेरैजसो बिरामी भएकाले आज आराम गर्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार लगातारको हिँडाइले धेरैजसो थकित भएका छन् भने  तराईको गर्मीमा हुर्किएका उनीहरुलाई काठमाण्डौको चिसोले पनि छोएको छ ।
गएको २ गते बर्दिबासबाट हिँडेका उनीहरुमध्ये धेरैजसो खाली खुट्टै काठमाण्डौ आइपुगेका छन् । गएको आइतबार मातातीर्थमा बसेका उनीहरु अस्ति सोमबार खुलाजञ्चमा बस्ने तयारी  गरेका थिए । तर काठमाण्डौ महानगरपालिकाले खुलामञ्चमा छिर्न नदिए पछि उनीहरुले चिसो सडकमै रात बिताएका थिए ।
मिटरब्याजपीडितहरु अहिले अनामनगरको तमु बौद्धमा बसेका छन् । यस्तै, सरकारले मिटरव्याजलाई अपराधको रुपमा ब्याख्या गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको छ । मिटरब्याज पीडितले आफूहरूले न्याय पाउनुपर्ने माग गर्दै काठमाण्डाै आएर विरोध प्रदर्शन थालेपछि सरकारले समस्याको दीर्घकालीन समाधानका लागि अग्रसरता थालेको हो । पीडितको माग सम्बोधन गर्न मिटरब्याजलाई अपराध मानेर पीडकलाई आवश्यक कारबाही गर्ने प्रक्रिया अघि बढाउने सरकारको तयारी छ ।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily