Aadarsh-Daily

नापी सर्भेक्षक र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ

ad-4p

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाण्डौको मनमैजु नापी कार्यालयमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई घुस रकम तथा स्रोत नखेलेको गरी झण्डै २७ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

content ad p2
content left

नगद तथा स्रोत नखुलेको चेकको रकमसहित २७ लाख २९ हजार ८ सय ८८ रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । काठमाण्डौको तारकेश्वर नगरपालिका मनमैजु नापी कार्यालयमा जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उपरकोटी र कार्कीलाई पक्राउ गरेको हो ।

सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीलाई सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको र थप खानतलासी गर्दा स्रोत नखुलेको सात लाख ६९ हजार पाँच सय रुपैयाँ तथा लेखापढी व्यवसायी अभिशेक कार्कीको नाममा काटिएको १६ लाख रुपैयाँको तीन थान तथा सर्भेक्षक उपरकोटीको साथबाट स्रोत नखुलेको एक लाख ८५ हजार तीन सय अठासी रुपैयाँसहित मनमैजुबाट पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily