Aadarsh-Daily

आज श्रीरामनवमी : मर्यादा पुरुषोत्तम श्रीरामको पूजाआराधना गरी मनाइँदै

ad-4p

वीरगञ्ज । आज बिहीबार रामनवमी पर्व मनाइदै छ ।वीरगन्जको रामघडवामा अवस्थित कुर्मी सेवा सदनमा पनि रामनवमीको उपलक्ष्यमा पुजा गरिदै छ । मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरि देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरि श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ

content ad p2
content left

हिन्दू धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथीमा पर्ने आजको दिनलाई भगवान् श्रीरामको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै नवदुर्गा देवीको पनि पूजा हुन्छ
त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा यो पर्व मनाइने गरिएको हो । आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिन हिन्दू धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । वीरगञ्ज आर्ट्स एकेडमी नामक संस्थाले आज वीरगञ्जमा रामनवमीको अवसरमा एउटा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत यहाँस्थित नारायणी रंगशालामा भव्य पूजा गरिने आयोजकहरुले जनाएका छन् ।
त्यसैगरी पर्सा, बारा, रौतहट र विशेषगरी मधेश प्रदेशको केन्द्र जनकपुरधामस्थित रामजानकी मन्दिरमा नेपाल र भारतबाट ठूलो संख्यामा श्रद्धालुहरु पूजा गर्न आउने गरेका छन् । जनकपुरमा आज ठूलो मेलानै लाग्ने गरेको छ ।

सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily