Aadarsh-Daily

बिहान बेलुका चिसो, दिउँसाे गर्मी : तराईमा अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस नाघ्यो

ad-4p

काठमाण्डाै – पश्चिमी वायु सक्रिय नभएसँगै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा छ । आज पनि दिउँसोसम्म नै धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

content ad p2
content left

बेलुकी पख भने पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताउनुभयो । अहिले काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेको छ । पानी पर्न कम भएसँगै गर्मी बढ्न थालेको छ । तराईका जिल्लाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्न थालेको छ ।

हिजो जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव ५  डिग्री सेल्सियस  पुगेको थियो । यस्तै, भैरहवाको ३४ दशमलव १, विराटनगरको ३३ दशमलव ३, सिमराको ३२ दशमलव ४,नेपालगन्जको ३२ दशमलव ८, धरानको ३२ दशमलव ३, धनगढीको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

मौसम सफा भएर घाम चर्किने सम्भाावना रहकाले आज पनि तापक्रम यस्तै रहने अनुमान छ । काठमाण्डौमा भने आज अधिकतम तापक्रम २७ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । काठमाण्डौमा बिहान बेलुका केही चिसो भए पनि दिउँसाे गर्मी बढेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily