Aadarsh-Daily

आम जनता पार्टीबाट बारा-२ को उम्मेदवार अरुण ज्ञवाली

ad-4p

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुनलागेको उपनिर्वाचनमा पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले अधिवक्ता अरुणकुमार ज्ञवालीलाई उम्मेदवार बनाउने भएको छ ।

content ad p2
content left

आज सोमबार मनोनयन दर्ताका दिन आम जनताले ज्ञवालीलाई पार्टीको आधिकारिक उम्मेदवारका रुपमा घोषणा गरेको हो ।

ज्ञवाली मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा-२ बाटै स्वतन्त्र उम्मेदवर बनेका थिए । ७ हजार ६९८ मत ल्याएर जसपाका रामसहाय यादवसँग पराजित भए ।
बारा-२ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मिलेर बनेको पाँच दलीय गठबन्धनको समर्थनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पूर्वमन्त्री पुरुषोत्तम पौडेल, डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित नेपाल सङ्घीय समाजवादी पार्टीबाट अध्यक्ष मुहमद रिजवान अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) बाट रमेश खरेलले उम्मेदवार छन् ।

यस क्षेत्रबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा बनेपछि रिक्त रहेको यहाँ निर्वाचन आयोगले वैशाख १० गते उपचुनाव गर्दैछ ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily