Aadarsh-Daily

रवि लामिछाने विरुद्धको मुद्दा न्यायाधीश सिन्हाको इजलामा

ad-4p

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ ।

content ad p2

अधिवक्ता युवराज पौडेल सफलले लामिछानेविरुद्ध हिजो दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुँदैछ । रिटमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै  महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर गर्न माग गरिएको छ ।

content left

पौडेलले यसअघि पनि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गर्नु भएको थियो ।  नागरिकता विवाद सम्बन्धमा परेको रिटमाथि गएको माघ १३ गते परमादेश जारी गर्दै सर्वोच्च अदालतले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो । त्यो फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो ।

लामिछानेले अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी नेपाली नागरिकता भने लिइसक्नुभएको छ । गएको ६ गते महान्यायाधिवक्ता दीनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गर्नु भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरिएको थियो । तर, त्यो निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेपछि आज सुनुवाइ हुन लागिएको हो । लामिछानेको सांसद पद गुमेपछि चितवन २ मा आउँदो बैशाख १० गते हुने उपचुनाव हुँदैछ । उपचुनावमा लामिछानेले उम्मेदवारी दिनु भएको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily