Aadarsh-Daily

 जनप्रतिनिधि र शिक्षक-कर्मचारीका छोराछारी सरकारी स्कूलमा पढाउन ठोरी गाउँपालिकाको सूचना

ad-4p

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा सूचना जारी गरेको छ ।

content ad p2

गाउँपालिकाले सोमबार एउटा सूचना जारी गर्दै गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताहरूलाई आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गराउन आह्वान गरेको हो\ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले यस वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख भएअनुसार उल्लिखित सबै पक्षलाई आ-आफ्नो बालबालिका यो शैक्षिकसत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गराएर पठनपाठन गराउन आग्रह गरेका छन् ।

content left

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले गाउँपालिकाभित्रका सबै निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिका, विद्यालयका कर्मचारी, सरकारी कार्यालयमा कार्यरत कर्मचारीले आफ्ना छोराछोरीहरु अनिवार्यरुपमा आधारभूत तहसम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने पालिकाले जनाएको छ ।

 

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily