Aadarsh-Daily

जसपा अध्यक्ष यादवलाई डा. राउतले दिए बधाई

ad-4p

वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा–२ मा भएको उपनिर्वाचनमा विजयी जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन् ।

content ad p2
content left

पाँच हजार भन्दा बढी मतान्तरले विजयी भएका यादवलाई डा. राउतले बधाई दिएका हुन् । यादवले २८ हजार ४१५ मत प्राप्त गर्दा भने जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाएका छन् ।

डा. राउतले सामाजिक सञ्जाल मार्फत यादवलाई बधाई दिँदै लेखेका छन्, ‘निर्वाचन हो, ३४ जना उम्मेदबारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेबारी सहृदयताका साथ वहन गरेको छ ।’
जनमतले पार्टीले जनताको माया पाएको भन्दै राउतले मतदान गर्ने सबैलाई धन्यवाद भनेका छन् ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily