Aadarsh-Daily

बैंकिङ्ग कसुर मुद्दामा पर्सा प्रहरीद्धारा वडा अध्यक्ष पटेल पक्राउ ।

ad-4p
content left

वीरगंज । बैंकिङ कसूर (चेक बाउन्स) मुद्दाका फरार १ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले आईतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं २ का निर्वाचित वडा अध्यक्ष एवं नेपाली कांग्रेस पर्साका नेता जितेन्द्र पटेल रहेका छन् ।

content ad p2

वडा अध्यक्ष पटेललाई उच्च अदालत जनकपुरधाम अस्थाई इजलास वीरगन्जले बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति जारी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका वडा अध्यक्ष पटेलमाथि ४ / ५ वटा चेक बाउन्सको मुद्दा दायर रहेको एक प्रहरीले बताएका छन ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily