Aadarsh-Daily

महागढी मन्दिरमा पाँच दलीय गठबन्धनका नेता र मन्त्रीलाई प्रवेश निषेध

ad-4p

वीरगञ्ज । बारा जिल्लास्थित महागढीमाई मन्दिरमा पाँच दलीय गठबन्धनका नेता र मन्त्रीहरुलाई प्रवेशमा निषेध गरिएको छ ।

content ad p2
content left

महागढीमाई नगरपालिकामा पर्ने मन्दिरमा पाँच दलीय गठबन्धनका नेता र मन्त्रीहरुलाई प्रवेशमा निषेध गरिएको त्यहाँका मेयर उपेन्द्र यादवले बताएका छन् । यादवले मन्दिरसँगै नगरपालिका क्षेत्रमा पनि प्रवेश गर्नबाट उनीहरुलाई निषेधित गरिएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबूकमा एउटा पोष्ट लेख्दै मेयर यादवले बारा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने महागढीमाई नगरपालिअन्तर्गत श्री गढीमाई मन्दिरको प्रांगणमा तथा यस नगरपालिका क्षेत्र भित्र पाँच दलिय गठबन्धनका नेतागण तथा मन्त्रीहरुको प्रवेशमा निषेध गरिएको लेखेका छन् ।
उनले लेखेका छन्, ‘बारा जिल्ला क्षेत्र नम्बर २ मा महागढीमाई नगरपालिकाअन्तर्गत श्री गढीमाई मन्दिरको प्रांगणमा तथा यस नगरपालिका क्षेत्र भित्र पाँच दलिय गठबन्धनका नेतागण तथा मन्त्रीज्युहरूको प्रवेश निषेधित गरिएको कुरा सबैमा जानकारि गराउन चाहन्छु । धन्यवाद ।’

भर्खरै सम्पन्न उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन मेयर उपेन्द्र यादव जोरसोरले लागेका थिए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily