Aadarsh-Daily

पर्सा जिल्लाको धोरे नाकाबाट गहुँको तस्करी, अधिकारी घुमुवा परिचालन

ad-4p

वीरगंज । पर्सा जिल्लाको ग्रामिण भेगको पकाहामैनपुर गाउँपालिका वडा नं १ को धोरे नाका हुदै व्यापक रुपमा तस्करी बढेपनि स्थानीय प्रंहरी प्रशासन मुखदर्शक बन्न बाहेक केही गर्न सकेका छैन्न । तस्कर समुहले स्थानीय प्रहरी प्रशासनलाई मोटो रकमको नजराना बुझाएकै कारण तस्कर समुहले तस्करी कार्यलाई तिब्रता दिएका हुन ।

content ad p2

शान्ति सुरक्षाको साथै सीमा स्तम्भ लगायत सीमाबाट हुने अवैध कृयाकलापको जिम्मा पाएका सुरक्षाकर्मीहरुकै मिलोमतोमा तस्करी बढ्नुले संगठनको नीति निर्देशन माथि नै प्रश्ण चिन्ह खडा भएको छ । नेपाली नागरिक सुरक्षाको जिम्मा पाएका नेपाल प्रहरी र सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरीले तस्कर समुहसंग मासिक रुपमा मोटो रकमको नजराना बुझ्ने गरेको परम्परा चल्दै आएको कारण धोरे नाका तस्करहरुको अखडामा रुपान्तरण हुन थालिएको हो ।

सशस्त्र प्रहरी बल पकाहामैनपुर र प्रहरी चौकी धोरे क्षेत्रबाट प्रहरीहरुकै सामुनेबाट खुल्लेयाम तस्करीहरु भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । सशस्त्र प्रहरी बल पकाहामैनपुरका सई र प्रहरी चौकी धोरे असईले तस्करहरु सँग महिनवारी लिएकै कारण निर्वाध रुपमा तस्करी भईरहेको स्थानियहरुले गुनासो गरेका छन् ।

content left

सशस्त्र प्रहरी बल पकाहामैनपुरका सई र प्रहरी चौकीका ईन्चार्जले आफ्नो बिस्वास पात्र प्रहरी हवलदार र प्रहरी जवानहरूलाई घुमुवाको रूपमा परिचालन गरेका हुन् । त्यही घुमुवाको माध्यमले महिनाको १ लाख देखि ३ लाख सम्म तस्करहरुबाट महिनवारी बुझदै आएको स्रोतको दाबी रहेको छ । रातीको करिब १० बजे देखि बिहान ४ बजे सम्म सो क्षेत्रबाट ट्याक्टर , साइकल र मोटरसाइकलको माध्यमले निर्वाध रुपमा गहुँ, किराना समाग्री तस्करी हुने गरेको स्रोतले जनाएको छ ।

सो क्षेत्रबाट तस्करीका साथ साथै अवैध रुपमा घरेलु मदिरा उतपादन र विक्रि वितरण पनि सञ्चालन भईरहेको स्रोतले जनाएको छ । सो क्षेत्रमा करिब आधा दर्जन घरेलु मदिरा उतपादन गर्ने भठ्ठीहरुबाट पनि प्रहरी चौकीका ईन्चार्जका इन्चार्जहरुलाई महिनवारी आईरहेको सो चौकीमै कार्यरत्त एक प्रहरीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

प्रहरी चौकी धोरे र स्थानीय बिओपी पकाहा मैनपुरको मिलोमतो व्यापक रुपमा तस्करी बढेको पाइन्छ । रातिको समयमा तस्कर समुहहरुको लस्करै लाग्ने गरेको समेत स्थानीयले दुखेसो पोखेका छन । स्थानीयका अनुसार जनताको सुरक्षा प्रहरीले गरिरहेको बारे झुटयाउदै, प्रहरीले मात्र तस्कर समुहको सुरक्षा गर्ने गरेको दुखेसो पोखे ।

केही घटना घट्दा प्रहरी घटना स्थलमा आउन अबेला गर्छन तर तस्करीको समयमा आफ्नो भाग बन्डा मिलाउन समयमै नाकामा पुग्ने गरेको दुखेसो स्थानीयले यस अनलाइन समक्ष पोखे । स्थानीयले प्रहरी जनताको सेवक हो की तस्करको भन्दै प्रश्ण समेत गरे ? प्रहरीले तस्कर समुहको सुरक्षा गरेकै कारण दर्जनौ तस्कर समुह धोरेमा सकृय भएको समेत दावी गरे ।

केही दिनदेखी बढ्दै गएको तस्करीको बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल विक्रम शाहले तस्करी नियन्त्रण गर्न आफू लागिपरेको र आफ्नो मातहातमा पर्ने कुनैपनि प्रहरी चौकीका प्रमुख तस्करी कार्य अथवा तस्कर संगठनसंग सहकार्य गरेको बिषयमा फेला परे कारवाही गर्नबाट पछि नहट्ने बताउनु भएको छ ।

 

सम्बन्धित खबर

समानुपातिक सांसदसँग आज प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्दै

Aadarsh Daily

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily