Aadarsh-Daily

 प्रदेश सरकारको बजेटमा मेयर सिंहले मागे वीरगञ्जका लागि विशेष प्याकेज

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मधेश प्रदेशकै एकमात्र महानगर वीरगञ्ज महानगरपालिकाका लागि विशेष प्याकेज सहितको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।

content ad p2

बुधबार महोत्तरीको बर्दिवासमा प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्व बजेट सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर सिंहले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर सिंहले वीरगञ्ज मधेश प्रदेशकै एकमात्र महानगर भएकाले नयाँ नीति तथा कार्यक्रममा वीरगञ्ज महानगरकालागि विशेष प्याकेजको व्यवस्था गर्न अनुरोध गरे ।

content left

प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनु पूर्व प्रदेश सरकारका अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षका साथै सम्बद्ध मन्त्रालयका सचिवसहितका टोलीलाई वीरगञ्जमै आएर स्थलगत भ्रमण र अवलोकन गरिदिनका लागि मेयर सिंहले निम्तो पनि दिए ।

मेयर सिंहले भने, ‘अर्थमन्त्री र उपाध्यक्षसहितको टोलीलाई एकपटक वीरगञ्जमै आएर स्थलगत भ्रमणका लागि आइदिन म निमन्त्रणा गर्दछु, तपाईहरुले स्थलगत भ्रमण गरेपछि मात्रै वीरगञ्जका आवश्यकता के के हुन् स्पष्ट हुन्छ, त्यसले बजेट विनियोजनमा अझ सहज हुनेछ ।’

संघीय सरकारबाट देशका ६ वटा महानगरमध्ये सबै भन्दा कम बजेट वीरगञ्ज महानगरले पाइरहेको प्रसंग सुनाउँदै सिंहले भने,‘वीरगञ्ज मधेशकै एकमात्र महानगर हो, त्यसका कारण प्रदेश सरकारले अपनत्व लिएर वीरगञ्जका लागि विशेष प्याकेजसहितको बजेट विनियोजन गर्नुपर्छ ।’

यदि वीरगञ्जलाई मधेश प्रदेशकै सम्मुनत र समृद्ध शहर बनाउने हो भने त्यसका लागि प्रदेश सरकारले वीरगञ्जमा आवश्यक पूर्वाधार निर्माणमा विशेष जोडदिनुपर्ने पनि उनले बताए ।

कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जय यादव, मधेश प्रदेश योजना आयोगाका उपाध्यक्ष नाथु प्रसाद चौधरी, मन्त्रालयका सचिवहरु, प्रदेशसभा सदस्यहरु,पालिकाका प्रमुखहरुका साथै वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमी प्रसाद पौडेल, मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरे लगायतको पनि सहभागीता थियो ।

 

 

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily