Aadarsh-Daily

भ्रष्टचारीहरुलाई कारबाहीको माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

ad-4p

वीरगन्ज ,०३जेष्ठ : नक्कली भुटानी शरणार्थी लगायतका भ्रष्टचार प्रकरण बारे निष्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले बुधबार वीरगन्जमा धर्ना दिदैं प्रदर्शन पनि गरेका छाे ।

content ad p2
content left

नक्कली भुटानी शरणार्थी , मधेस सरकारको छात्राहरुलाई साईकल वितरण , छोरी शिक्षा बिमा , पोखरी सौन्दर्यकरण कार्यक्रम लगायतमा भएका भ्रष्टचार प्रकरण बारे सुक्ष्म तरिकाले छानबिन गरेर त्यसमा संलग्न रहेका सबैलाई कारबाही गरि उनिहरुकाे सम्पत्ति जफत गर्नु पर्ने माग गर्दै जनमत पार्टीले प्रदर्शन गरेकाे हाे।

प्रदर्शनका क्रममा जनमतका नेता कार्यकर्ताहरुले भ्रष्टचारका घटना बारे छानबिन गरिरहेका प्रहरीलाई खुट्टा नकमाउन आग्रह गर्दै घण्टारमा तैनाथ नेपाल प्रहरीलाई फुल गुच्छाले सम्मान पनि गरेका थिए।

जनमत पार्टीका पर्सा जिल्ला संयाेजक ओमप्रकाश सर्राफकाे अगुवाईमा भएकाे प्रदर्शनमा जनमत पार्टीका केन्द्रिय सदस्य डा. अजय यादव , जिल्ला सह- इन्चार्ज मुकेश दिवेदी, सह संयोजक रामजी रौनियार , अधिवक्ता हरिहर साह,कृष्ण पटेल ,महिला जिल्ला सचिव रेखा यादव, विद्यार्थी जिल्ला अध्यक्ष राजु गिरी, नेताहरू अजय चौरसिया, श्याम गुप्ता, , विराज यादव, रामनरेश पटेल ,संजय बर्मा , बिजय यादव ,उमाशंकर गुप्ता, महेश चौरसिया ,महादेव शर्मा लगायतका सहभागिता थियो। कार्यक्रमको सहजीकरण जिल्ला सचीव राजनारायण मिश्रले गरेका थिए।

 

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily