Aadarsh-Daily

लुम्बिनीमा भारत र तेस्रो देशका पर्यटक आउने क्रम बढ्यो, ५ महिनामा ४ लाख ७० हजारभन्दा धेरै भित्रिए

ad-4p

काठमाण्डाै – धार्मिक तथा पर्यटकीय स्थल लुम्बिनीमा भारतीय र तेस्रो देशका पर्यटक आउने क्रम बढेको छ । लुम्बिनीमा अहिले आन्तरिक पर्यटकको पनि चहलपहल छ ।

content ad p2
content left

पछिल्लो पाँच महिनामा लुम्बिनीमा चार लाख ७० हजारभन्दा धेरै पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे महिनासम्म चार लाख ७० हजार पाँच सय ४२ जना पर्यटक लुम्बिनी भित्रिएका हुन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गएको वर्षभन्दा यस वर्ष भित्रिएका पर्यटकको सङ्ख्या एक लाख आठ हजारभन्दा धेरै रहेको छ ।

गएको जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार चार सय १३ जना राहदानी लिएका, तीन लाख २४ हजार दुई सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१ भारतीय नागरिकले गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीको भ्रमण गरेको तथ्याङ्क छ । पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार दुई सय ४७, श्रीलङ्काका पाँच हजार सात सय २१, म्यानमारका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुई सय ३५, कोरियाका दुई हजार छ सय २९, चीनका एक हजार दुई सय आठ र अन्य देशका सात हजार छ सय ७५ जना नागरिकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

कोरोना महामारीको बेला सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना राहदानी लिएका नागरिकले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनीमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायलाई पनि राहत पुगेको पर्यटन व्यवसायी सङ्घ लुम्बिनीका अध्यक्ष हुसेनी लोधले बताउनुभयो ।

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily