Aadarsh-Daily

भारतकाे मणिपुरमा फेरि हिंसा भड्कियाे, ३ जनाकाे ज्यान गयाे

ad-4p

तस्बिर : एजेन्सी

content ad p2

भारतकाे मणिपुर राज्यकाे पश्चिमी इम्फाल जिल्लाकाे कांगचुप क्षेत्रमा साेमवार फेरि हिंसा भड्किएकाे छ ।

दुई वटा सशस्त्र समूहकाे बीचमा भएकाे गाेलीबारीमा तीन जनाकाे ज्यान गएकाे र अन्य चार जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार इम्फालकाे अस्पतालमा उपचार भइरहेकाे छ ।

content left

मणिपुरमा भएकाे हिंसाकाे छानबिनका लागि केन्द्र सरकराले गुवाहाटी उच्च अदालतका पूर्वमुख्यन्यायाधीश अजय लाम्बाकाे अध्यक्षतामा आइतवार एक आयाेग गठन गरेकाे छ ।

मणिपुरमा मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए । मेइतीको मागमा त्यहाँका जनजातिहरू नागा र कुकीले विरोध गरेपछि जातीय द्वन्द्व चर्किएको हो ।

मणिपुरमा मेइतीको जनसङ्ख्या ५४ प्रतिशत छ । उनीहरू धेरैजसो इम्फाल उपत्यकामा बस्छन् । ४० प्रतिशत जनसङ्ख्या ओगट्ने नागा र कुकी प्राय पहाडी जिल्लाहरूमा बस्छन् । दुई समुदायका बीचमा सरकारले वैमनस्ता बढाइदिएको उनीहरूको आरोप छ । झडपबाट कुकी समुदायलाई बढी क्षति पुगेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएकाे मे ३ मा जातीय हिंसा सुरु भएयता मणिपुरमा झडपकाे घटना भइरहेकाे छ । झडपमा ज्यान गुमाउनेकाे सङ्ख्या ८० भन्दा धेरै रहेकाे अधिकारीहरूले बताएका छन्

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily