Aadarsh-Daily

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि प्रतिवादीकातर्फबाट बहस हुने

ad-4p

काठमाण्डौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलकाे बहस सकिएको छ । गएको आइतवारदेखि जाहेरीवाला र सरकारी वकिलले बहस थालेका थिए।

content ad p2

हिजो बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी नेउपानेले जानकारी दिनुभयो । सरकारी वकिलका तर्फबाट महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेलगायतले बहस गर्नुभयो ।

बहस गर्ने क्रममा अधिवक्ताहरुले प्रतिवादीलाई थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउन अदालतसमक्ष जिकिर गरेका छन् । उनीहरुले यो प्रकरणमा संलग्न भएको आरोप लागेका उच्च पदस्थ व्यक्तिमाथि पनि छानबिन गर्नु पर्ने बताएका छन् ।

content left

जाहेरीवाला र सरकारी वकिलको बहस सकिएकाले अब प्रतिवादीकातर्फबाट बहस हुनेछ ।

काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ ।

थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ  १८ पक्राउ परेका छन् ।  १२ जना फरार छन् ।

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily