
वीरगञ्ज । नेकपा एमालेले भूगोलमा जिम्मेवारी तोकेको छ । एमालेले सबै प्रदेशमा इन्चार्ज तोक्दै प्रदेश मातहतको जिल्ला र पालिकामा समेत इन्चार्ज तोकेको हो ।
जसअनुसार मधेश प्रदेशको इन्चार्जमा योगेश भट्टराई, कोशी प्रदेशको इन्चार्जमा रघुवीर महासेठ र बागमती प्रदेशलाई हाल केन्द्रीय कार्यालयले नै हेर्ने तय गरिएको छ । यस्तै गण्डकीको इन्चार्जमा गोकर्ण विष्ट, लुम्बिनीको पद्मा अर्याल, कर्णालीको लेखराज भट्ट र सुदूरपश्चिमको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको छ ।

प्रदेशका जिल्ला र पालिकामा पनि इन्चार्ज तोकिएका छन् । मधेश प्रदेशअन्तर्गत पर्ने पर्सा जिल्लाको इन्चार्जको जिम्मेवारी अच्युतप्रसाद मैनालीले पाएका छन् । त्यस्तै बारा जिल्लाको इन्चारमा रामदयाल मण्डल तोकिएका छन् । रौतहटको इन्चारमा पुरुषोत्तम पौडेल, सर्लाहीको इन्चार्जमा ज्वालाकुमारी साह, महोत्तरीमा जुलीकुमार महतो, धनुषामा लिलानाथ श्रेष्ठ, सिराहामा सुमनराज प्याकुरेल र सप्तरीमा मञ्जुकुमारी चौधरीले जिम्मेवारी पारेका छन् ।
यस्तै पर्सा जिल्लाअन्तर्गत पनि स्थानीय तहको इन्चार्ज तोकिएको छ । जिल्लाको सदरमुकाम एवम् मधेश प्रदेशकै एक मात्र महानगर वीरगञ्जको इन्चार्जमा प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता तोकिएका छन् । गुप्ता पार्टीका केन्द्रिय सदस्य पनि हुन् ।
त्यस्तै जिल्लाको पर्सागढी र बहुदरमाई नगरपालिकाको इन्चार्जको जिम्मेवारी अरविन्दकुमार सिंहले पाएका छन् । प्रतिनिधिसभा सदस्य निर्माला देवकोटाले पोखरिया नगरपालिका, पकाहामैनपुर, विन्दवासिनी र पटेर्वासुगौली गाउँपालिकाको जिम्मेवारी पाएकी छन् । त्यसतै प्रभुहजरा दुसाधले प्रतिनिधिसभा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने सम्पूर्ण पालिकाको इन्चार्जको जिम्मेवारी पाएका छन् ।
यसैगरी बारा जिल्लाअन्तर्गत फेटा, विश्रामपुर, प्रसौनी र परवानीपुर गाउँपालिकाको इन्चार्जको जिम्मा इकबाल मियाँले पाएका छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सम्पूर्ण पालिका इन्चार्जको जिम्मा बलवीरप्रसाद चौधरी, जितपुरसिमरा उपमहानगरपालिकाको मञ्जुकुमारी थापा मगर, कलैया उपमहानगरपालिकाको मोहम्मद समिर र प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पर्ने सम्पूर्ण पालिकाको इन्चार्जको जिम्मेवारी सरस्वती चौधरीले पाएकी छन् ।

