

बिरगंज २६ जेठ । सरोज खड्का
बिरगंज महानगर पालिका सरसफाइमा अम्बल साबित हुदै गएको छ । दिनको तिन पटक कुचो लागाएर सडक सफा गरिन्छ भने रातको समयमा पनि सरसफाइको काम हुने गरेको छ भने नगरबासिमा पनि सरसफाइ प्रति जागरुक्ता आएको छ ।
बिरगंज महानगर फोहोरी पालिकाको नामले देशै भरि कहलिएको थियो । मुख्या सडक देखि गल्लिहरु महिनौ फोहोर उठदैन थियो जतातातै फोहोरको थुप्रो हुन्थ्यो ।महानगरमा नया नेतृत्व आएदेखि नागरको सरसफाइमा दिन दुइ गुणा रात चौगुणा प्रगति भएको छ । मुख्या बजार क्षेत्रमा मेसिन द्वारा पनि सडक सफा गर्न्र गरिएको छ ।भित्री सडक नाला नियमित सफा गर्ने र तत्काल फोहोर उठाउने गतिन्छ । नगरबासिमा पनि सरसफाइ प्रति जागरुक्ता आएको छ । टोल सुधार समिति गठन गरेर टोल सफा अभियान चलाएका छन भने घरधनिहरुले पनि सडने गल्ने र नसडने फोहोर अलग अलग राखेर आफै ब्यबस्थापन गर्ने गरेका छ्न ।
महानगर प्रमुख राजेश मान सिहले मुख्या बजार मात्र सफा भएर नहुने गाउ टोल सफा हुनु पर्ने बताउनु हुन्छ । आफुले पुर्ण सफाइको लागी कामगरिरकेको बताइनु हुदै प्रमुख सिहले नगरबसिको साथ र सहयोग चहिने छ भन्नुभयो ।
बिरगन्जका ब्यापारी सुनिल श्रेष्ठले बिरगंज यस्तो सफा पनि हुनेछ भनि आफुले कल्पना समेत नगरेको बताउदै शहर बजार सफा देख्दा गर्भलाग्न थालेको भताउनु भयो ।नागरिक अगुवा तथा अधिबक्ता पन्नालाल गुप्ताले पनि बिरगंज महानगरको सरसफाइमा भएको प्रगति प्रति खुसि ब्यक्त गर्नुहुदै निरनतरताको लागि नागरिक समाजको सहयोग आबस्यक रहेको बताउनु भयो । होतल सन्चालक रबिन्द्र कानुले भने जरिवाना गर्ने काम कडा भएको दुखसो पोख्दै होटेल आगाडि अरु कसैले फोहोर गरेपनि आफुले जरिवाना तिर्न परेको बताउनु भयो ।

