Aadarsh-Daily

बिरगंजको मुख्य सडक पनि २५/२५ गज बिस्तार हुने । हेटौंडाको नजिर लाइ सर्बोच्चले निरन्तरतादिने अपेक्षा ।

ad-4p
content left

बिरगंज २६ जेष्ठ । सरोज खड्का
बिरगंजको मुख्य सडक २५/२५मिटर नभै २५/२५ गज बिस्तार हुने भएको छ । हेटौंडाको मुख्य सडक बिस्तार सम्बन्धी सर्बोच्च अदालतले गरेको अन्तिम फैसलालाइ नजिर मान्ने हो भने बिरगंजको सडक पनि २५/२५ गज बिस्तार गर्ने फैसेला आउने अपेक्षा गरिदै छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले मुख्य सडक बिस्तार गर्न लाग्दा सडकमा घर परेका ब्यक्तिहरुले सर्बोच्च अदालतमा मुद्दा हाले पछि सडक बिस्तार गर्ने योजना रोकिएको थियो । त्यसैगरि बिरगंजको सिमाबर्ति मितेरी पुल देखी गण्डक चौक सम्मको मुख्य सडक २५/२५ मिटर दाया बाया बिस्तार गर्न भनि सडक डिभिजन कार्यालय हेटौंडाले सूचना जारी गरे लगतै सडक अतिक्रमण गरि घर बनाएर बर्शौ देखी भोगचलन गर्दै आएकाहरुले पनि सडक बिस्तार रोक्न माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । सर्बोच्च अदालतमा लामो बहस पैरवी पछि हेटौंडाको मुख्य सडक बिस्तार सम्बन्धी अन्तिम फैसला आयो ।सर्बोच्च अदालतले मुख्य सडक २५/२५ मिटर नभै २५|२५ गज बिस्तार गर्नु २५/२५ मिटर सडक बिस्तार गर्नु पर्ने भए २५/२५ गज बाट २५/२५ मिटर गर्दा थपिने दुइ मिटरकाे मात्र मुवाबजा सरकारले दिनु भनियो ।
त्यसैगरी सोही प्रकृतिको मुद्दा बिरगंजको पनि हो । बिरगंजको मुख्य सडक बिस्तार सम्बन्धिको मुद्दाको १७ पटक पेसि चडयाे सर्बोच्चको फैसला आएको छैन अन्तिम पेसि आगामी जेष्ठ ३१ गते को लागी मति तोकियको छ । बिरगंजबासिले पनि मुख्य सडक सम्बन्धिको अन्तिम फैसला आउने र हेटौंडाको सडक सम्बन्धिमा आएको सर्बोच्च अदालतको फैसलालेनै निरनतरता पाउने बिरगंज बासिले अपेक्षा गरेका छन । एउटइ प्रकृतिको मुद्दामा दुइ किसिमको फैसला आउन नसक्न बिरगंजका अग्रज अधिवक्ता पन्नालाल गुप्ताले बताउनु भएको छ ।हेटौंडाको हकमा जुन फैसला आएको छ बिरगंजको हकमा पनि त्यहि फैसला आउनु पर्ने हो गुप्ताको भनाइ रहेको छ । सडक को दाबि २५/२५ मिटर थियोनि भनि प्रस्न गर्दा गुप्ताले सर्बोच्च अदालतले सम्पुर्ण प्रमाण बुझेर फैसेला गरेको हुनुपर्छ एतिकैत गरेन होला तर मलाइ जाहासम्म लाग्छ जुन फैसेला हेटौंडाको आएको छ बिरगंजको पनि त्यहि आउछ ।

content ad p2

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily