Aadarsh-Daily

गर्मी कम नभएपछि बहुदरमाई नगरपालिकाका स्कूलमा थप पाच दिन विदा

ad-4p

बहुदरमाई । दिनहुँ बढ्दै गइरहेको गर्मी कम नभएपछि बहुदरमाई नगरपालिकाले शिक्षण संस्थाहरु थप पाच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

content ad p2

यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै बहुदरमाई नगरपालिकाको कार्यालयले जेठ २१ गतेदेखि जेठ २६ गते शुक्रबारसम्म नगरपालिकामा रहेका बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै  सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो ।

content left

यद्यपि यो बिचमा गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि शुक्रबार एक सूचना जारी गरेर बहुदरमाई नगरपालिकाले नगरमा रहेका सबै विद्यालयहरु थप पाच दिनको अर्थात जेठ ३२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
तापक्रम घट्नुको सट्टा झन् बद्दो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप पाच दिनका लागी अर्थात जेठ ३२ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफाले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो दुई सातायता अत्याधिक गर्मी बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४४  डिग्रि सेल्सियससम्म पुगेको छ । बिहीबार वीरगञ्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४३ डिग्रि सेल्सियस मापन गरिएको थियो ।

शुक्रबार तापक्रम झन् बढेर ४४ डिग्रि सेल्सियस पुगेको छ ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily