Aadarsh-Daily

जबरजस्ती करणीको आरोपमा उच्च अदालत वीरगञ्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल पक्राउ

ad-4p

वीरगञ्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् ।

content ad p2
content left

२२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । जिल्ला अदालत सप्तरीमा कार्यरत प्याकुरेलको केही दिन अगाडि मात्रै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा काज सरुवा भएको स्रोतले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जनकुमार दाहालकाअनुसार प्याकुरेललाई जेठ २४ गतेनै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा राखेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
राती किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको डिएसपी दाहालले जानकारी दिए । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ ।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily