Aadarsh-Daily

रौतहटको गौर हत्याकाण्डसम्बन्धी रिटमा आज पनि भएन सुनुवाइ

ad-4p

सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार पनि सुनुवाइ भएको छैन् ।

content ad p2
content left

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिए पनि ‘बेञ्च बस्न नभ्याएको’ भन्दै सुनुवाइ हुन सकेको छैन् ।
त्रिभुवन साहले जेठ २१ गते जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

उक्त रिट निवेदनमाथि सुनुवाइका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

२०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily