Aadarsh-Daily

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

ad-4p

वीरगञ्ज  । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मंगलबार) विश्वासको मत लिने भएका छन् । उनले अपराह्न ५ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रदेशसभाका सचीव रंजितकुमार यदवले जानकारी दिए ।

content ad p2
content left

सरकार निर्माणको क्रममा सहभागी भएको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपरेको हो ।

एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्थाअनुसार सरकार निर्माणमा सहभागी भएको दलले समर्थन फिर्ता लिए ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

हाल प्रदेश सरकारमा एमाले बाहेक सबै दल सरकारमा सहभागी छन् । प्रदेशसभामा १०७ जना सांसद रहेकाले बहुमतका लागि ५४ जना सांसदको आवश्यकता पर्छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily