Aadarsh-Daily

बिरगंज महानगर पालिकामा स्वयम सेवक शिक्षक नियुक्तिमा ठुलो आर्थिक चलखेल भैरहेको खुलासा भएको छ ।

ad-4p
content left

बिरगंज ३१ जेठ ।
बिरगंज महानगर पालिकाले सामुदायिक बिधालयको शैक्षिक सुधारको लागि भर्ना गर्न लागेको स्वयम सेवक शिक्षक नियुक्तिमा ठुलै आर्थिक चलखेल भैरहेको खुलासा भएको छ ।
स्वयम सेवक शिक्षक नियुक्ति गर्न एक परिक्षार्थिबाट ७५ हजार देखी एक लाख ५० हजार सम्म रकम असुल गर्ने चलखेल भैरहेको छ । केहि परिक्षार्थिले रकाम समेत नियुक्तिको लागी रकम भुझाइ सकेको पनि स्रोतले बताएको छ । महानगरले सामुदायिक बिध्यालयको आधारभुत तर्फ १०६ जना र माध्यामिक तह तर्फ ७४ जना स्वयम सेवक शिक्षको लागी दरखास्त आवहान गरेको थियो । आधारभुत बिध्यालयको नेपाली २९ ,अङ्ग्रेजी १५ ,गणित १८ बिज्ञान २९ ,समाजिक १० र कम्प्युटर ८ गरि जम्मा १०६ जना शिक्षक माग गरिएको थियो भने माध्यामिक तह तर्फ नेपाली १४ , अङ्ग्रेजी १० ,गणित १३ ,बिज्ञान १२ ,समाजिक १० , स्वास्थ्य ०२ ,अर्थसाश्त्र ४ ,लेखा ०२ ,गणित बिज्ञान ०५ र कम्प्युटर ०२ गरि जम्मा ७४ जना गरि आधारभुत १०६ जना र माध्यामिक ७४ जना गरि कुल १८० जना स्वयंसेवक शिक्षक माग गरिएको थियो । परिक्षार्थिहरुको जेठ १९ र २० गते अन्तरबार्ता भैसकेको छ भने कक्षा अबलोकन भने पछि सूचना जरिगरिने बताइएको छ ।
महानगर पालिका अन्तरगतको सामुदायिक बिध्यालयहरुको लागी १८० जना स्वयंसेवक शिक्षक माग गरिएको छ एक जना परिक्षार्थिला स्वयंसेवक शिक्षक नियुक्त गर्न ७५ हजार देखी एक लाख ५० हजा सम्म रकम असुल गरिदै छ ।
शिक्षक नियुक्तको लागि मेयर ,उप मेयर , प्रमुख प्रशासक , शिक्षा शाखा प्रमुख , वडा अध्यक्ष सासधरुलाइ के कति का्टा छुटयाइएको छ अर्को अङ्कमा बिस्तृत आउने छ ।

content ad p2

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily