Aadarsh-Daily

वीरगन्ज महानगरको बजेट ३ अर्ब २१ करोड ३५ लाख

ad-4p

वीरगन्ज– मधेश प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख इम्तियाज आलमले बुधबार महानगरको १३ औ अधिवेशनमा अगामी आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गरेका हुन् ।

content ad p2

महानगरको १२ औ अधिवेशनले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार रुपैयाको बजेट ल्याएको थियो । अगामी आवका लागि बजेटको आकार घटेको छ ।  अगामी आवको कूल बजेटको ७७ प्रतिशत रकम चालु तर्फ र २२ प्रतिशत रकम पूजीगत तर्फ विनियोजन गरिएको छ । वित्तीय व्यवस्था तर्फ एक प्रतिशत बजेट छुट्याइएको छ ।

content left

प्रस्तुत बजेटमा शिक्षा क्षेत्र सुधारका लागि १२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपैया छुट्याएको छ । आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवम् विकेन्द्रित रुपले उपलब्ध गराउन ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड, स्वयम्सेवक शिक्षक कार्यक्रमका लागि ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि एक करोड रुपैया विनियोजन गरिएको छ ।

लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैया विनियोजन गरिएको छ ।  महानगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख, राजश्व बाडफाडबाट २१ करोड १२ लाख, सशर्त अनुदानबाट ७५ करोड १६ लाख रुपैया प्राप्त हुने अनुमान गरेको छ ।

यसैगरि संघीय सरकारको वित्तीय हस्तान्तरबाट १ अर्ब ३३ करोड २१ लाख आउने अनुमान गरेको छ । प्रदेश वित्तीय हस्तान्तरबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजश्व बाडफाडबाट २ करोड ८७ लाख रुपैया र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार संकलन हुने अनुमान बजेटमा गरिएको छ । महानगरको १२ औ अधिवेशनले चालु आवको लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट ल्याएको थियो । अगामी आवको लागि बजेट घटेर आएको छ ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily