Aadarsh-Daily

बहुदरमाई नगरपालिकाको दसौँ नगरसभा सम्पन !

ad-4p

वीरगञ्ज ।  पर्साको बहुदरमाई नगरपालिकाको दशौ नगरसभा सम्पन्न भएको छ । दशौ नगर सभाबाट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख सुष्मा कुमारी कुशवाहले ४४ करोड ८१ लख ६६ हजार ५ सय रुपैयाँ बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

content ad p2

बहुदरमाई नगरबासीको जनजीवनमा सकारात्मक परिवर्तनको अनुभुति गर्ने गरी स्वच्छ, सुन्दर, सुरक्षित र समृद्ध नगर बनाउने विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको उपाध्यक्ष कुशवाहले बताइन् । शहरी पूर्वाधार निर्माण, कृषि विकास, पर्यटन प्रवद्र्धन, आधुनिक तथा व्यवसायिक शिक्षा, सर्वसुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा, उद्यमशीलता विकास तथा रोजगारी प्रवद्र्धन, सूचना प्रविधिमा आधारित कागजरहित सेवा प्रवाह र यातायात व्यवस्थापन लगायतका क्षेत्रलाई पालिकाले प्राथमिकता दिएको कुशवाहको भनाई छ ।

content left

‘बहुदरमाई बासीको रहर, स्वच्छ, सुन्दर, सुरक्षित र समृद्ध नगर’ भन्ने दीर्घकालिन सोच नगरपालिकाले लिएको कुशवाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । बृहत शहरी विकास गुरुयोजना र आवधिक नगर विकास योजना तर्जुमा गर्ने, नगरका सबै वडा र टोललाई सडक सञ्जालसँग जोडी आवागमनलाई सहज बनाइने, नाला तथा कल्भर्ट निर्माणलाई प्राथमिकता दिने, नगरका पोखरीको जिर्णाेद्वार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेे लगायतका योजनालाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
कृषि प्रयोजनका लागि प्रयोग हुने कृषि विद्युत मिटरको ४० प्रतिशत महशुल नगरपालिकाले ब्यहोर्ने पनि उपप्रमुख कुशवाहले बताइन् । नगरपालिकाभित्रका किसानहरुका साना तथा ठूला पशुहरुको विमा गर्ने योजना पनि बहुदरमाईले ल्याएको छ ।

नगरपालिकाले एक घर एक रोजगारको नीति लागु गर्ने उपाध्यक्ष कुशवाहले बताइन् । नगरपालिकालाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना पनि अघि सारिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउनेदेखि सामुदायिक विद्यालयमा नगरपालिकाको तर्फबाट सरसफाई गर्ने कर्मचारीको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरभित्रका प्रत्येक मावि र निमाविमा किशोरीहरुलाई महिनावारी प्याड प्रयोग गर्नका लागि छुट्टै हाइजिन रुमको व्यवस्था गरिने उपाध्यक्ष कुशवाहले बताइन् । उनकाअनुसार महिला र बालबालिकाका साथ उपमेयर कार्यक्रम पनि सञ्चालन गरिनेछ । युवाको हात, मेयरको साथ भन्ने नारासहित युवाहरुको सहयोगी समूह तयार गरी प्रत्येक वडामा युवासँग मेयर कार्यक्रम पनि सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीको अध्यक्षतामा भएको नीति नगरसभामा सम्पुर्ण नगरसभा सदस्य, कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।
 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily