Aadarsh-Daily

किसानले भोग्दै आएको समस्या समाधान हुनु पर्छ : डा. सिके राउत

ad-4p

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत)ले प्रत्येक वर्ष किसानले खेतीको समयमा भोग्दै आएको समस्या समाधान हुनुपर्ने बताएका छन् ।

content ad p2

सप्तरीको राजविराजमा आज आयोजित पार्टी प्रवेश, सङ्गठन सुदृढीकरण अभियान तथा प्रशिक्षण कार्यक्रममा उनले खेतीका समयमा मधेसका किसान मल पाउनबाट बञ्चित हुने गरेको उल्लेख गर्दै त्यस्ता समस्या समाधान हुनुपर्ने बताए ।

content left

तराई अन्नका भण्डार भएकाले यहाँ सिँचाइ सुविधाको राम्रो व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष डा.रावतले खेती गर्ने समयमा पानी नपाएर तराईका किसान निरास हुने गरेको उल्लेख गरे ।

सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका डा.राउतले मुलुकमा व्याप्त सिन्डिकेट प्रथाका कारण ठूला उद्योगधन्दा स्थापित हुन नसकेको जिकिरसमेत गरे ।

आफूले रासायनिक मलको कारखाना नेपालमा स्थापनाका लागि भारत र जर्मनी सरकारसँग पहल गरेको दाबी गर्दै भारत सरकारले समेत नेपालमा रासायनिक मल कारखाना स्थापनाका बारेमा सकारात्मक सन्देश दिएको उनले बताए ।

अहिले तराई मधेसका ऊर्जावान युवा विदेशमा पसिना बगाइरहेको भन्दै यही ठूला उद्योगको स्थापना गरेर भए पनि रोजगारी सिर्जना गरेमा देशले पनि आर्थिक समृद्धि हासिल गर्नेमा उनले जोड दिए ।

 

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily