Aadarsh-Daily

ओलीले तकियामुनि राखेको शिक्षा आयोगको प्रतिवेदन हरायो : प्रचण्ड

ad-4p

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि मंगलबार संघीय शिक्षा ऐन संसदमा पठाउने बताएका छन् ।

content ad p2

समाजवादी विद्यार्थी मोर्चाले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले पर्सि मन्त्रिपरिषदबाट पास गरेर यो ऐन संसदमा पठाउने बताए । उनले अगाडि भने, यसले शिक्षा क्षेत्रमा देखिएका थुप्रै कुरा सम्बोधन गर्ने तागत राख्छ ।’

content left

लामो समयदेखि रिक्त त्रिवि सेवा आयोगको अध्यक्ष पनि पर्सिसम्म नियुक्त हुने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताए । तत्कालीन नेकपा नेतृत्वको सरकार भएको बेला तयार भएको र पार्टीको बहुमत सदस्य यसलाई सार्वजनिक र कार्यान्वयन गर्न तयार भएपनि तत्कालीन प्रधानमन्त्री तयार नभएको उनले बताए ।

प्रचण्डले अगाडि भने, ‘उहाँले त्यसलाई तकियामुनि राख्नुभयो । अहिले त्यो हराएको छ ।’ आफू प्रधानमन्त्री भएपछि लगातार त्यसको खोजी गरिरहेको भएपनि नभेटिएको उनको दाबी छ ।

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily