Aadarsh-Daily

विन्दवासिनी गाउँपालिकाले ल्यायो ३१ करोडको बजेट

ad-4p

वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकाले १३ औँ गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

content ad p2

शनिवार सम्पन्न १३ गाउँ सभाबाट गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ३१ करोड ३ लाख ३४ हजार रुपैयाँको अनुमानित बजेट पारित गरेको हो ।

content left

कृषिलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले ल्याएको बजेट उपाध्यक्ष ज्योति चौरसिया सार्वजनिक गरेकी थिइन् । कृषि भए मात्रै शिक्षा र स्वास्थ्य लगायत अन्य विकास सम्भव रहेको धारणाका साथ गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएको चौरसियाले बताइन ।
बजेट पारित भएसँगै गाउँपालिकाले कृषकहरूका लागि कृषि पोलमा तार जडान गरेर नि:शुल्क कृषि मोटर वितरण गर्ने उनले बताइन । शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन र महिला बालबालिका सशक्तीकरणलाई पनि गाउँपालिकाले बजेट मार्फत प्राथमिकता दिएको छ । प्रत्येक वडामा एक विद्यालय कार्यक्रम, विद्यालयमा रहेका विद्यार्थीहरूको अनुपातमा शिक्षकको दरबन्दी कायम गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति पनि गाउँपालिकाले लिएको छ । त्यस्तै गाउँपालिकामा थप दुई वटा प्लस टू सञ्चालन गर्ने लक्ष्य पनि गाउँपालिकाले राखेको छ । त्यस्तै एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति, नि:शुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

त्यस्तै स्वास्थ्य तर्फ एउटा बर्थिंङ् सेन्टर सञ्चालन गर्ने गाउँपालिकाले योजना बनाएको छ । यसका साथै उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकारी सुधार कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको नीति छ ।

गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, वडाध्यक्ष अछेलाल महतो, मुक्ति राउत कुर्मी, जयप्रकाश चौरसिया, अनोज कुमार चौरसिया, मोहन यादव, कार्यपालिका सदस्य, वडा सदस्यलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य, महिला सदस्य, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी लगायतका उपस्थिति रहेका थियो ।

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily