Aadarsh-Daily

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो हप्ता

ad-4p

बीरगंज –

content ad p2
content left

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो सेप्टेम्बर तेस्रो हप्ता छिमेकी देश चीनको भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो÷चौथो हप्ता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो । आज आइतवार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरूपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उहाँले भन्नुभयो, ‘हामी त्यसको तयारी अवस्थामा छौँ ।’ उहाँले वर्तमान सरकार सधैँ छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

वर्तमान सरकार गठनपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फलदायी भएको उल्लेख गर्दै उहाँले त्यो भ्रमणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै देश र नागरिकको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily