
वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ४ स्थित डकैला बहुअरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवनको जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (अजय सर्राफ) ले उद्घाटन गरेका हुन् ।

जिल्ला समन्वय समिति पर्सा र बहुदरमाई नगरपालिकाको संयुक्त एक करोड रुपैयाँको लागतमा निर्मित दुई तले विद्यालय भवनमा ८ वटा कक्षाकोठा छन् ।
प्राथमिक तहसम्म पठनपाठन हुने विद्यालयमा भवन निर्माण भएसँगै विद्यार्थीहरूलाई सहजता हुने जिल्ला समन्वय समिति पर्साका सभापति सोनारले विश्वास व्यक्त गरे ।
कार्यक्रममा उप प्रमुख पुरण कुर्मी र बहुदरमाई नगरपालिका मेयर सिंहासन साह तेलीको पनि उपस्थिति थियो ।

