Aadarsh-Daily

उपराष्ट्रपति यादव आज चीन जाँदै

ad-4p

काठमाडौं,२९साउन : उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज साेमबार चीन भ्रमणमा जाँदै छन्। उपराष्ट्रपति यादव ‘चाइना– साउथ एसिया एक्सपो’मा सहभागी हुन साेमबार अपरान्ह सवा ४ बजे चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो।

content ad p2
content left

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला त्यसअघि नै उपराष्ट्रपति यादव चीन जान लागेका हुन्। साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने एक्स्पाेमा यादव सहभागी हुनेछन्।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा जाँदैछन्।

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily