Aadarsh-Daily

आरती साहकाे न्यायका लागि वीरगन्जमा जनमत पार्टीद्वारा प्रदर्शन

ad-4p

 

content ad p2

जनमत पार्टीले धनुषामा दाइजोकाे निहुँमा हत्या गरेकी आरती साहको न्यायका लागि वीरगन्जमा प्रदर्शन गरेका छन् ।

आरती साहकाे न्यायका लागि जनमत पार्टी निकट जनमत युवा संघ वीरगन्ज महानगर समितिले बिहीबार साँझ घण्टाघर चाेकमा नाराबाजी गर्दै प्रदर्शन गरेका हाे ।प्रदर्शनमा सहभागी जनमतका युवाहरुले आरती साहलाई न्याय दे , दाेषीलाई कारबाही गर, आरती साहकाे परिवारजनसंग दु्र्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

content left

नाराबाजीपछि आयाेजित काेणसभामा बाेल्दै जनमत पार्टीका पर्सा जिल्ला संयाेजक ओम प्रकाश सर्राफले दाइजाेकाे निहुँमा मारिएकी आरति साहकाे न्यायका लागि उनका माइती पक्षका परिवारजन काठमाडौंकाे सडकमा ६२ दिनदेखि धर्नामा बस्दापनि सरकारले उनिहरुकाे पिडा र आवाज सुन्न नसक्नु दुखद भएकाे बताए । दाेषीहरुलाई पक्राउ गरि कारबाही नगरिए जनमत पार्टीले देशैभर आन्दोलन चर्काउने चेतावनीसमेत उनले दिए ।

जनमत युवा संघका नेता सन्जय सिंहकाे संयाेजकत्वमा भएकाे प्रदर्शनमा जनमत पार्टीका पर्सा सहइन्चार्ज मुकेश द्विवेदी, नेतृ करिमा बेगम , नजमा खातुन,युवा नेता कन्हैया झा, राजनारायण मिश्र,विद्यार्थी नेता राजुराज गिरी लगायतकाेपनि सहभागीता थियाे ।

दाइजाेकाे निहुँमा आरती साहकाे हत्या गरेर झुन्ड्याईएकाे भन्दै उनका माइती पक्षले उजुरी लिन अटेर गर्दै उल्टै आफुहरुमाथि कुटपिट गर्ने धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआईबीद्वारा जाँच हुनुपर्ने, जाहेरी दिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर काठमाडौंकाे माइतीघरमा विगत ६२ दिनदेखि धर्नामा बसेका छन् ।

धनुषाको नगराइन नगरपालिका–८ खिरखिरियाकी आरती र जनकपुरधाम–९ थापाचोकका मोतीबाबु साहबीच २०७८ असार २९ मा मागी विवाह भएको थियो । विवाहको केही समयपछि पति माेतीबाबुले आरतीलाई दाइजोको दबाब र यातना दिन थालेका थिए । गत जेठ ७ गते आरती घरको कोठाभित्र पंखामा सलको पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन् ।

माइती पक्षले उनको आत्महत्या नभई दाइजोको निहुँमा हत्या भएको भन्दै घटनाकाे निष्पक्ष छानबिन गर्दै दाेषीहरुलाई कारबाहीको माग गर्दै आएका छन् ।

 

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily