Aadarsh-Daily

वीरगन्जमा दाेश्राे दिनपनि आरती साहकाे न्यायका लागि प्रदर्शन

ad-4p

वीरगन्ज ,१भदाैं: धनुषामा दाइजोकाे निहुँमा मारिएकी आरती साहको न्यायका लागि जनमत पार्टीका युवाहरुले वीरगन्जमा दाेश्राे दिनपनि प्रदर्शन गरेका छन् ।

content ad p2

आरती साहकाे न्यायका लागि जनमत पार्टी निकट जनमत युवा संघ वीरगन्ज महानगर समितिले शुक्रबार साँझपनि घण्टाघर चाेकमा नाराबाजी गर्दै प्रदर्शन गरेका हाे ।प्रदर्शनमा सहभागी जनमतका युवाहरुले आरती साहलाई न्याय दे , दाेषीलाई कारबाही गर, आरती साहकाे परिवारजनसंग दु्र्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

आरति साहकाे न्यायका लागि उनका माइती पक्ष काठमाडौंकाे सडकमा ६३ दिनदेखि धर्नामा बस्दापनि सरकारले उनिहरुकाे पिडा र आवाज सुनेकाे छैन ।

content left

जनमत युवा संघका नेता सन्जय सिंहकाे संयाेजकत्वमा शुक्रबार दाेश्राे दिन भएकाे प्रदर्शनमा जनमत पार्टीका केन्द्रीय सदस्य शशीकपुर मिषाँ, करिमा बेगम, नजमा खातुन,पर्सा सहइन्चार्ज मुकेश द्विवेदी, युवा नेता कन्हैया झा, राजनारायण मिश्र,विद्यार्थी नेता राजुराज गिरी लगायतकाेपनि सहभागीता थियाे ।

उनिहरुले बिहीबार साँझ पनि घणटघर चाेकमै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

दाइजाेकाे निहुँमा आरती साहकाे हत्या गरेर झुन्ड्याईएकाे भन्दै उनका माइती पक्षले उजुरी लिन अटेर गर्दै उल्टै आफुहरुमाथि कुटपिट गर्ने धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआईबीद्वारा जाँच हुनुपर्ने, जाहेरी दिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर काठमाडौंकाे माइतीघरमा विगत ६२ दिनदेखि धर्नामा बसेका छन् ।

धनुषाको नगराइन नगरपालिका–८ खिरखिरियाकी आरती र जनकपुरधाम–९ थापाचोकका मोतीबाबु साहबीच २०७८ असार २९ मा मागी विवाह भएको थियो । विवाहको केही समयपछि पति माेतीबाबुले आरतीलाई दाइजोको दबाब र यातना दिन थालेका थिए । गत जेठ ७ गते आरती घरको कोठाभित्र पंखामा सलको पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन्  । माइती पक्षले उनको आत्महत्या नभई दाइजोको निहुँमा हत्या भएको भन्दै घटनाकाे निष्पक्ष छानबिन गर्दै दाेषीहरुलाई कारबाहीको माग गर्दै आएका छन् ।

 

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily