
वीरगन्ज – सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी उपरीक्षक सुमन थपलियाको मृत्यु भएको छ।प्रहरी उपरीक्षक थपलियाको बिरगंजमा शनिबार दिउँसो मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।

बाराको गढिमाइ गएर साइकिलिङ गरि फर्किएका थपलिया अचेत भएका थिए। उनलाई उपचारको लागि नारायणी मेडिसिटी बयोधा अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
हृदयघात भएर थपलियाको मृत्यु भएको हो। उनको मृत्यु भएको थाहा पाएपछि अहिले बिरगंजका राजनीति दलका नेता,समाजसेवि लगायतले समाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन् ।

