Aadarsh-Daily

पूर्वराष्ट्रपति ट्रम्पद्वारा फुल्टन काउन्टी जेलमा आत्मसमर्पण

ad-4p

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ ।

content ad p2
content left

उनको जमानत २ लाख डलर तय गरिएको छ । ट्रम्पले ठगी र झूटा बयानसहित १३ आरोप अस्वीकार गरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् । बुधबार उनका पूर्ववकिल रुडी जिउलियानी र अन्य सह-प्रतिवादीहरूले सोही मुद्दामा आत्मसमर्पण गरेका थिए । ट्रम्पको यो चौथो आपराधिक मुद्दा हो । उनी २०२४ मा फेरि चुनावमा भाग लिने तयारी गरिरहेका छन् ।

जर्जियामा ट्रम्पले सामना गर्ने अन्य तीन आपराधिक मुद्दाहरूको सुनुवाइ हुन लामो समय लाग्ने पूर्वसंघीय अभियोजक र एफबीआई सल्लाहकार जोसेफ मोरेनोको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

‘यी कुनै पनि मुद्दाहरू चाँडै फैसला हुनेछैनन्‚’ मोरेनोले बीबीसीसँग भनेका छन् । जर्जिया मुद्दामा १९ प्रतिवादीहरू संलग्न छन् ।

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily