
पर्सा-प्रत्येक वर्षझै यसवर्ष पनि गोपाल सेवा समिती पर्साले वीरगंज महानगरपालिका–१३ राधेमाईमा ५२५० औ श्रीकृष्णा जन्म अष्टमीको अवसरमा श्रीकृष्ण जन्म अष्टमी महोत्सव २०८० को आयोजना गर्ने भएको छ । यस कार्यक्रमको पूर्ब तयारी भईसकेको युवा गोपाल सेवा समिती पर्साको अध्यक्ष कृष्णा यादवले जानकारी दिनुभभयो । भगवान कृष्णको मुर्ति , पंडल निर्माण देखि अन्त्य सम्म हुने छाठिहार सम्मको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष यादवले बताउनुभयो ।

पूजा आरम्भ भदौ २० गते बुधबारदेखि २६ गते सम्म ६ दिन सम्म हुने पूजामा २४ से घण्टा भजनकिर्तनको पनि व्यवस्था गरिएको उहाले बताउनुभयो । बिभिन्न ख्याती प्राप्त कलाकारबाट सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
यसै गरी पूजा स्थलमा पूजा अवधिभर बिहान ५:३० बजे देखि ७:३० बजे सम्म योग शिविरको व्यवस्था गरिएको छ । त्यस्तै भदौ २३ गते शनिबार रक्तदान कार्यक्रमको साथै यादव कुलका जेष्ट नागरि र जग्गा दतालाई समान गरिने कार्यक्रम रहेको छ । भदौ २५ सोमबार बिहान ८ सम्म पूजा सम्पान गरी पर्साद वितरण र दिउसो देखि पूजा स्थलबाट शोभायात्रा निकाली नगर परिक्रममा गर्ने कार्यक्रम रहेको आयोज संस्था गोपाल सेवा समिती पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले जनाएको छ ।

