Aadarsh-Daily

वीरगन्जका १७ जना सहित देशभरबाट ६ सय ७० कैदीबन्दी रिहा

ad-4p

वीरगन्ज, ३ असोज । संविधान दिवसका अवसरमा वीरगन्जका १७ जना सहित देशभरबाट ६ सय ७० जना कैदीबन्दी रिहा हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गर्नुभएको छ ।

content ad p2

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले आजदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

content left

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को सिफारिसबमोजिम असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको उल्लेख छ ।

सोही अनुसार वीरगन्ज कारागारमा रहेका १७ जना कैदीबन्दी सहित देशभरबाट ६ सय ७० जना कैदीबन्दी छुट्ने भएका हुन् । संविधान दिवसको अवसरमा राष्ट्रपतिले कैद कट्टा गरी माफी मिनाह गरेका ६७० जना मध्य वीरगन्जका १७ जना कैदीबन्दीहरु पनि छुट्ने भएका हुन् ।

१७ जना मध्य ३ जना महिला र १४ जना पुरुष कैदीबन्दीले कैद माफी मिनाह पाएको वीरगन्जका कारागारका सूचना अधिकारी नवराज बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार २ जना ज्येष्ठ नागरिक, तीनजना महिला र ९ जना अन्य कैदीबन्दीहरु छुट्ने भएका हुन् ।

कैद मिनाह पाएका कैदीबन्दीहरु मध्य महिलाहरु कर्तव्य ज्यान मुद्दा र गर्भपतन मुद्दामा जेल परेका थिए । त्यस्तै अन्य पुरुषहरु चोरी, डाका, सवारी ज्यान, वन, कर्तव्यज्यान लगायतका मुद्दामा जेल परेकाहरु रहेको सूचना अधिकारी बर्तौलाले बताउनुभयो ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily