Aadarsh-Daily

 शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघको आन्दोलनमा सांसद गुप्ताको ऐक्यबद्धता ।

ad-4p

वीरगन्ज । नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य एवं पर्सा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताले शिक्षा विधेयको विरोधमा नेपाल शिक्षक महासंघले आजदेखि सबै सामूदायिक बिद्यालय बन्द गर्ने गरी काठमाडौं केन्द्रित आन्दोलन गरेकोमा समर्थन रहने बताएका छन् ।

content ad p2

शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमन लगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका नेपाल शिक्षक महासंघको सम्पूर्ण गतिविधिमा सांसद गुप्ताको ऐक्यबद्धता रहेको उनले एक विज्ञप्ति जारी गर्दै बताएका हुन ।

content left

सांसद गुप्ताले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारद्वारा २०८०-०५-२७ गते विद्यालय शिक्षा विधेयक २०८० संघीय संसदमा दर्ता भएको कारण देशभरका शिक्षकहरु आन्दोलित भएका छन् । सरकारले ल्याउन लागेको विधेयक, शैक्षिक गुणस्तर ध्वस्त हुने तथा शिक्षा क्षेत्रमा संलग्न सम्पूर्णको पेशागत भविष्य माथि कुठारवात हुने भएको, नेपाल शिक्षक महासंघसँग गरेको सम्झौताको वेवास्ता गरी ल्याउन लागेको विधेयक प्रति घोर आपति जनाउँदै मिति २०८०-०६-०३ गते देखि नेपाल शिक्षक महासंघ केन्द्रिय कार्यालयले देशव्यापी विद्यालय बन्द गरी अनिश्चितकालिन आन्दोलन गर्ने निर्णय प्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउँदछु ।

साथै नेपाल शिक्षक महासंघको माग समय मै सम्बोधन गरी शिक्षा क्षेत्रमा अमन चयन कायम गरी पढ्ने र पढाउने वातावरण कायम गरी दिनका लागि नेपाल सरकारसंग जोडदार माग गर्दछु भनी लेखी उनले विज्ञप्ति निकालेर ऐक्यबद्धता जनाएका हुन् ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily