Aadarsh-Daily

डिजिटल बैंक स्थापनाका लागि कानुन संशोधन गरिने

ad-4p

डिजिटल बैंक स्थापनाका लागि कानुनी सुधार हुने भएको छ । २ असोजमा भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैंक स्थापना गर्ने सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाको पुनरवलोकन गर्ने निर्णय गरेको हो ।

content ad p2

यस्तै नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्ड सम्बन्धी ऐनहरु संशोधनको प्रक्रियालाई शीघ्रता दिने निर्णय पनि बैठकले गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका अधयक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अधयक्ष सूर्यप्रसाद सिलवाल, मन्त्री महतका सल्हालकार लगायतको उपस्थिति थियो ।

content left

यस्तै वित्तीय मध्यस्थता लागत कम गर्न गर्नुपर्ने सुधारका लागि सम्बन्धित निकायअर्थले नीति एवम् कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।

वित्तीय क्षेत्र, पूँजीबजार र बीमा क्षेत्रको गतिविधि एवम् नियमनलाई प्रभावकारी बनाउने र समन्वयात्मक तरिकाले काम गर्ने निर्णय भएको छ । नियामक निकायको क्षमता अभिवृद्धि गर्न सम्वन्धित संस्थाले तदारुकताका साथ अगाडि निर्णय बैठकले गरेको छ ।

समितिको बैठकले सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारिताका अध्ययन प्रतिवेदन समेतलाई आधार मानी पुनरवलोकन गर्ने निर्णय गरेको छ । रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने र रेमिट्यान्स बण्ड जारी गर्न कार्ययोजन तयार गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक कानुनी संशमोधन समेत गर्ने निर्णय समितिले गरेको छ ।

उत्पादनशील क्षेत्रमा वित्तीय साधन परिचालन गर्ने गरी वित्तीय क्षेत्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको छ । लघुवित्त संस्थाबाट भइरहेको कर्जा व्यवस्थापन प्रभावकारी नियमन गर्ने निर्णग पनि समितिले गरेको छ ।

उक्त बैठकले गरेका निर्णयहरु कार्यान्वयनका लागि सम्बन्धित निकायले दुई साताभित्र कार्य योजना तयार गरी समितिको अर्को बैठकमा पेश गर्ने सहमति भएको छ ।

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily