Aadarsh-Daily

उच्च अदालत द्वारा बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पुर्जी जारी

ad-4p

काठमाडौं । सन् २०१८ को एक घटनालाई लिएर भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पुर्जी जारी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनीमाथि ठगीको आरोप छ ।

content ad p2

कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमतिअनुसार प्रस्तुति दिनुपर्ने तर उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए । साथै कोलकाता र त्यहाँका अन्य ६ वटा कालीपूजामा उनी उपस्थित नभएकोबारेमा समेत उजुरी परेको थियो ।

पाँच वर्षअघि आयोजकले जरिनविरुद्ध कोलकाता प्रहरीमा ठगीको उजुरी दिएका थिए । त्यसपछि आयोजकले उनीविरुद्धको कानुनी प्रक्रियालाई अघि बढाएका थिए ।

content left

यद्यपि, यी रिपोर्टमा जरिन खानले आफूलाई अदालतको आदेशबारे जानकारी नभएको र उनका वकिलले अहिले यो मामिला हेरिरहेको बताएकी छन् । अभिनेत्रीले यस मुद्दामा थप टिप्पणी गर्न अस्वीकार गरिन् ।

यस विषयमा कुरा गर्दै जरिन खानले इण्डिया टुडेसँग भनिन्, ‘म पक्का छु यसमा कुनै सत्यता छैन । म पनि अचम्ममा छु र मेरो वकिलसँग जाँच गरिरहेको छु । त्यसपछि मात्र म तपाईंलाई केही स्पष्टता दिन सक्षम हुनेछु । तपाईं मेरो एचआरसँग कुरा गर्न सक्नुहुन्छ ।’

जरिन २०१८ मा मुद्दाको क्रममा पुलिसको सोधपुछको लागि हाजिर भएकी थिइन्, जहाँ उनले आयोजकले कोलकाता राजनीतिका केही प्रमुख व्यक्तित्व समेत कार्यक्रममा उपस्थित हुने झुटो दाबी गरेको बताएकी थिइन् ।

यो पनि भनिएको छ कि अभिनेत्रीले आफ्नो बयानमा आयोजकलाई कुप्रबन्धको आरोप पनि लगाएकी छन् । जसमा उनले आफूले यात्रा र आवासको चुनौती सामना गर्नुपरेको दाबी गरेकी थिइन् ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily