Aadarsh-Daily

मलंगवा घटनाकाे विराेधमा वीरगन्ज बजार दिनभर बन्द

ad-4p

वीरगन्ज,६असाेज:सर्लाहीकाे मलंगवामा भएकाे घटनाकाे विराेधमा शनिबार दिनभर वीरगन्ज बजार बन्द भएकाे छ । दोषीमाथि कारबाही माग गर्दै हिन्दु समाजले वीरगन्ज बजार बन्द गराएका हुन् ।

content ad p2

बजार बन्द हुँदा साइकल मोटरसाइकल बाहेकका सवारीसाधन पनि दिनभर ठप्प रहे । साँझसम्मको लागि मात्रै समर्थन स्वरुप बजार बन्द गरिएको वीरगन्ज हिन्दू समाजले जनाएको छ ।

content left

बन्दकाे कार्यक्रम सफल बनाउन समाजका युवाहरुले वीरगंजमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनकारीहरुले वीरगंजकाे घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच समेत भएकाे थियाे ।

उनीहरुले टायर बालेर प्रदर्शन गर्न थालेपछि स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारी बिच विवाद भएको हो । भिडलाई तितरबितर पार्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियाे

त्यसअघि वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुसले नगर परिक्रममा गरेको थियो । प्रदर्शनकारीहरुले वीरगंजकाे मुख्यसडकमा रहेका पसलदेखि लिएर गल्लीमा रहेका साना पसलहरु समेत बन्द गराएका थिए ।

बिहीबार साँझ सर्लाहीकाे मलंगवामा गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदाबीच झडप भएको थियो । जसमा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको थियाे । यादवको अवस्था गम्भीर छ ।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily