Aadarsh-Daily

पुरुषको तुलनमा महिलामा यौन इच्छा कमी हुन्छ?

ad-4p

दाम्पत्य सुखको एउटा आधार मानिन्छ, यौनलाई । दम्पतीबीच हुने सक्रिय यौनले उनीहरुको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ । तर, यौनमा दुबै पार्टनरको समान रुची र उपस्थिती हुनुपर्छ । जब श्रीमान् र श्रीमती दुबै यसका लागि मानसिक तथा शारीरिक रुपमा तयार हुन्छन्, तब यौन जीवन सुखमय हुन्छ । रोमाञ्चक हुन्छ ।
अक्सर के देखिन्छ भने, यौनमा दुबैको उपस्थितीमा असन्तुलन । श्रीमान्लाई रुची भए, श्रीमतीमा अरुची । श्रीमतीमा रुची भए, श्रीमान्लाई अरुची ।

content ad p2

जब एक पार्टनर यौनमा शिथिल हुन्छन्, तब यौनसुख प्राप्त हुँदैन । यस्तो अवस्थामा जबरजस्ती यौन सम्बन्ध राख्नुलाई उचित मानिदैन पनि । यसर्थ, यौनमा समान सहभागीता अपरिहार्य हुन्छ ।

तर, जब जब दम्पतीबीच यौन सम्बन्धको चर्चा हुन्छ, अक्सर पुरुषहरुमा असन्तुष्ट पाइन्छ । उनीहरुले यसकारण चित्त बुझाइरहेका हुँदैनन्, पार्टनरले साथ दिएनन् । भनौं, श्रीमतीमा यौनरुची भएन ।

कतिपय पुरुष खुलेरै भन्छन्, ‘मलाई यौनमा जति चाहना हुन्छ, श्रीमतीलाई हुँदैन ।’ के साच्चीकै पुरुषको तुलनमा महिलामा यौनेच्छा कम हुन्छ त ?

पुरुषको यौन-व्यवहार

content left

हस्तमैथुन, स्वप्न मैथुन, यौन अपराध, एक्स्ट्रा म्यारिटल अफेरको तुलनामा पुरुष अगाडि हुन्छन् । यही धारणाकै कारण पुरुष बढी कामुक भएको ठहर्‍याउँछ । जुन गलत हो ।

महिला नै बढी कामुक ?

महिला नै बढी कामुक हुन्छन् भन्ने धारणा राख्ने पुरुषको संख्या पनि अहिले अत्यधिक छ ।

यस्तो सोंच विकास हुनुको कारण हो, एक पटक उत्कर्षमा पुगेपछि पनि महिलाले उत्तेजना दिइरहन सक्छन् । या कैयौँ पटक उत्कर्षमा पुग्ने क्षमता राख्छन् । जुन पुरुषको लागि मुस्किल छ  । एक पटक उत्कर्षमा पुगेपछि पुनः सम्भोगको लागि तयार हुन पुरुषले केही समय लिनुपर्छ ।

यौन सम्बन्धका लागि अनुकुल वातावरण

यद्यपी शारिरिक सम्पर्कका लागि अनुकुल वातावरण, पार्टनरको चाहाना, आकर्षणलगायत थुप्रै कुराको भूमिका हुन्छ । त्यसैले, हचुवाको भरमा पुरुष वा महिला बढी कामुक हुन्छ भन्न सकिदैन । यो व्यक्तिविशेषमा पनि निर्भर गर्छ ।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily