Aadarsh-Daily

आज “सदभाव र्‍याली” निकालिदै, सहभागी हुन वीरगन्जवासीलाई अपिल

ad-4p

वीरगन्ज,८असाेज: वीरगन्जमा केही दिन यता दुई फरक धर्मका समुदायबिच बढ्दो तनावलाई मध्यनजर गरी वीरगन्जमा आज सोमबार “सद्भाव र्‍याली” निकािलदै छ ।

content ad p2

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले आइतबार एक सूचना जारी गर्दै सोमबार वीरगन्जमा “सद्भाव र्‍याली” आयोजना गर्न लागिएको जनाएका छन् ।

वीरगनणज महानगरपालिकाले स्थानीय युवाहरूसँगको सहकार्यमा आयोजना गर्न लागेको सदभाव र्‍यालीमा सम्पूर्ण वीरगन्जवासीसहित महानगरका कर्मचारीहरूलाई अनिवार्य रूपमा सहभागी हुन् अपिल गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले जारी गरेको सूचनामा महानगरका सम्पूर्ण कर्मचारीलाई कार्यालयकाे पोशाकमा अनिवार्य सहभागी सहभागी हुन निर्देशन समेत दिएका छन् ।

content left

वीरगन्को आदर्शनगरस्थित स्विमिङ पुल परिसरबाट सोमबार बिहान ११ बजे निस्किने र्‍यालीले नगरको परिक्रममा गर्ने बताइएको छ ।

वीरगन्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न र्‍याली आयोजना गर्न लागिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए ।वीरगछ हिन्दू र मुस्लिम समुदायबिच कुनै किसिमको द्वेष नरहेको सन्देश दिनका निमित्त “सद्भाव र्‍याली” निकालिन लागिएको यादवले बताए ।

स्विमिङ पुलबाट सुरु भएको र्‍यालीले नगर परिक्रमा गरेपछि पर्साका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको यादवले बताए ।

यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय पर्समा बसेको सर्वपक्षीय बैठकमा वीरगन्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुर्‍याउने खालका धार्मिक एवम् सामुदायिक प्रकारका र्‍याली, जुलुस, प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधि कुनै पनि समुदाय र सङ्घसंस्थाले नगर्ने सहमति गरिएको थियो ।

सर्लाहीको मलङ्गवामा गत बिहीबार राती दुई समूहबिच भगवान् गणेशको मूर्ति सेलाउने क्रममा भएको विवाद र झडपपछि वीरगन्जमा समेत सोही किसिमको झडप गर्न खोजिएको भन्दै यहाँका जनप्रतिनिधिदेखि नागरिक समाजका अगुवासम्मले सचेत रहन आग्रह गरेका छन् ।

 

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily